प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजीसहित अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले मंगलबारको बैठकका लागि तय भएको कार्यसूचीका सम्पूर्ण कार्यक्रममा सूचीबाट हटाउँदै अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाहिरिएको र बरामद गरेको करिब एक सय किलो सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी एमाले सदनको अवरोध जारी राखेपछि सोमबार र मंगलबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो। उक्त बैठकमा शीर्ष नेता सदन सञ्चालनमा सकारात्मक भएपछि मंगलबार प्रतिनिधिसभाको बैठक बसेको हो।
मंगलबारको बैठकमा सुन तस्करी प्रकरणसहित समसामयिक विषयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका र स्वतन्त्र सांसदले आफ्नो धारणा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए।
गृहमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका सांसदले बेन्चबाट उठेर उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए। सभामुख घिमिरेले कार्यसूची अगाडि बढाउन अनुरोध गर्दा पनि एमाले सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
