कवि भूपी शेरचनबारे छोरी कविता शेरचनले लेखेको संस्मरण कृति सार्वजनिक गरिएको छ।
काठमाडौँ– लेखक कविता शेरचनले बुवा भूपी शेरचनमाथि लेखेको संस्मरण कृति ‘भूपी’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा पुस्तक विमोचन भएको हो।
पुस्तकमाथि बोल्दै शेरचनले धेरै समय अघिदेखि आफ्नो बुवाका बारेमा लेख्ने इच्छा भए पनि कोभिडको समयमा अवसर जुरेको बताइन्। “बुवाबारे लेख्ने इच्छा पहिलादेखि नै थियो। कोभिडको समयमा मौका जुर्यो। लकडाउन भयो। अनि लेख्न थालेँ,” उनले भनिन्।
भूपीको प्रसिद्धिबारे आफू सानैदेखि जानकार रहेको समेत लेखक शेरचनको भनाइ थियो। “उहाँको निधन हुनुअघि मैले उहाँको कविता पढेको थिइनँ। तर, स्कुल जाँदा सबैले मेरो घर जान खोज्ने, बुवाको फ्यान हुँ भनेपछि उहाँ ठूलो व्यक्ति हुनुहुँदो रहेछ भन्ने लाग्यो। म १८ वर्ष पुग्दैगर्दा बाबाको निधन भयो,” उनले थपिन्।
कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक अभि सुवेदीले रक्सीसँग मात्र जोडेर भूपीमाथि अन्याय गरिएको बताए। “रक्सी खाने विषयलाई बढी उजागर गरियो। रक्सी खाने कुरा कुनै विषय नै हैन। तर पनि त्यसै विषयमा चर्चा छ,” उनले भने, “माइकल हटले समेत भूपीका बारेमा लेख्दा रक्सीको मात्र विषय उठाए। भूपीले यो देश र मानिसको अवस्थाका बारेमा काव्यमार्फत जुन वाणी दिनुभयो त्यो पो महत्त्वपूर्ण हो।”
साहित्यकार तीर्थबहादुर श्रेष्ठले २०३६ सालमा पहिलो पटक आफूले भूपीलाई भेटेको स्मरण गरे। उनले भूपीमाथिको किताब सुन्दर ढंगले बुनेको ढाकाटोपीजस्तै रहेको भन्दै लेखक शेरचनको प्रशंसा गरे। “राम्रो किताब लेख्नु भएको छ। उहाँले पुस्तकमा धेरै कुरा समेट्नु भएको छ। अहिले हाम्रो समाजमा छोरीले भोग्नुपर्ने समस्या पनि लेख्नु भएको छ,” उनले भने।
पुस्तक फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
