गैरआवासीय नेपालीले पाँच अर्ब रुपैयाँमा भैरहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्।
काठमाडौँ– गैरआवासीय नेपालीले भैरहवामा रहेको पाँचतारे होटल, टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्। अमेरिकामा बस्दै आएका गैरआवासीय नेपाली बुद्धिसागर सुवेदीलगायतको समूहले टाइगर प्यालेस रिसोर्ट खरिद गरेको हो।
करिब तीन करोड ६० लाख अमेरिकी डलर बराबरको विदेशी लगानी ल्याएर सिल्भर हेरिटेज इन्भेस्टमेन्ट कम्पनी (सिल्भर हेरिटेज ग्रुप) ले २०७४ सालमा टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको थियो। सिल्भर हेरिटेज अस्ट्रेलियन नागरिक माइक बोल्सोभर मुख्य सञ्चालक रहेको कम्पनी हो।
सुवेदी अध्यक्ष रहेको अमेरिकास्थित ‘हिमालयन टाइगर इन्भेस्टमेन्ट’ कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता, सिल्भर हेरिटेजको स्वामित्व लिएको हो। गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदी त्यहाँ हायात, होलिडे इनलगायत होटल सञ्चालन गरिरहेका छन्।
सिल्भर हेरिटेजले भैरहवामा पाँचतारे रिसोर्ट खोल्नेक्रममा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं स्थानीय साझेदार बनाएको थियो। रिसोर्ट सञ्चालनमा आएसँगै समस्या बढ्दै गएपछि स्थानीय साझेदारले असहयोग गरेको भन्दै अस्ट्रेलियन लगानीकर्ताले रिसोर्ट बिक्री गर्ने पहल शुरू गरेका थिए।
टाइगर प्यालेस किन्ने समूहमा सुवेदीसँगै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलगायत छन्। यो समूहका एक सदस्यले हिमालयन टाइगर इन्भेस्टमेन्टले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेज इन्भेस्टमेन्टको स्वामित्व हङकङमै खरिद गरेको, स्वामित्व पनि हङकङमै हस्तान्तरण भएको बताए। “स्थानीय साझेदारबाट सहयोग नभएका कारण यो सम्झौतामा पुग्न ८–९ महिना समय लाग्यो,” उनले भने।
हिमालयन टाइगर इन्भेस्टमेन्टले नेपाल सरकारलाई टाइगर प्यालेसले बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई तिर्नुपर्ने रकमसमेत सबै दायित्व सकारेको छ। समूहका अध्यक्ष सुवेदीले सबै मिलाएर पाँच अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने बताए। “व्यवसाय आफ्नो ठाउँमा छ, विदेशमा कमाएको रकम मातृभूमिमै ल्याएर लगानी गरौँ भन्ने उद्देश्यले रिसोर्ट किन्ने निर्णय गरेका हौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
