सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष अगस्ट ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने निर्णय गरेको थियो।
काठमाडौँ– अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
नाराको अर्थ आफूले निर्धारण गरेअनुरूप परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ। यस वर्ष आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।
दिवसका अवसरमा काठमाडौँको बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी आदिवासी जनजाति महासंघले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ।
सन् १९९४ डिसेम्बर २३ मा सम्पन्न संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्ट ९ का दिन अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो।
राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ मनाएको थियो।
दिवसका लागि राष्ट्रसंघको लोगो बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन्। सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ।
सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
