महोत्तरीमा बाढीले बगाउँदा युवक बेपत्ता

मरहा खोला तर्ने क्रममा बाढीले बगाएर सोनम गाउँपालिका–३ का जाबिर अन्सारी बेपत्ता भएका छन्।

फाइल तस्वीर

महोत्तरी– सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। 

मंगलबार राति मरहा खोलाले बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्।  

खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन्। 

सोमबार राति देखिको भारी वर्षाले महोत्तरीका विभिन्न स्थान जलगम्न भएका छन्।