सर्लाहीको धनकौल गाउँपालिकास्थित महिनाथपुरका स्थानीय मंगलबार दिउँसो घाँस काट्न जानेक्रममा बागमतीको बाढीमा फसेका थिए। फसेकामध्ये ७२ जनाको साँझ प्रहरीले उद्धार गरेको छ।
मलंगवा– सर्लाहीमा भारी वर्षापछिको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ।
स्थानीय बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको एसपी नरेशराज सुवेदीले जानकारी दिए। चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए। उनको शव मंगलबार बेलुका बाँके खोलामा फेला परेको हो।
त्यस्तै, बरहथवा नगरपालिकाअन्तर्गत हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो। गम्भीर अवस्थामा भेटिएका उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरे। बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ।
यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलबार दिउँसो घाँस काट्न तथा गाईबस्तु चराउन गएका थिए। सो क्रममा बाढीमा फसेका थिए।
प्रहरीले बाढीमा फसेकामध्ये ७२ जनाको साँझ उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
