तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरो नरोकिएकाले समस्या भइरहेको छ।
काठमाडौँ– वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन्।
बुधबार बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ। भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।
तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ। धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्ड पूर्ण रूपमा अवरुद्ध छ।
यस खण्डमा झन्डै ३०० मिटर क्षेत्रमा पहिरो खसेको छ। १०० मिटर सडक भासिएको विभागले जनाएको छ। सडकको अवरोध हटाउन प्रयास भइरहेको छ। बाढी–पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन्।
डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड एकतर्फी अवरुद्ध छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
