संखुवासभा कारागारमा झडप, २ कैदीबन्दीको मृत्यु

कारागारमा झडप हुँदा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभा मादी घरका विनोद तोलांगीको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

काठमाडौँ– संखुवासभा कारागारका झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ।

नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभा मादी घरका विनोद तोलांगीको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

गोदारका अनुसार मंगलबार राति उनीहरू ट्वाइलेटको रड काटेर भाग्न लागेका थिए। त्यसपछि कारागार ड्युटीमा रहेका प्रहरीले नियन्त्रणमा लिएर जेलमै राखेका थिए।

“त्यसपछि जेलमा रहेका अरु कैदीबन्दीले दुवैजनालाई कुटेछन्,” उनले भने, “ठूलो हल्लाखल्ला भएपछि हेर्दा दुई जना गम्भीर अवस्थामा थिए। उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो।”

घटनाबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको डीएसपी गोदारले बताए।