काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छन्।
काठमाडौँ– उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन्। आफू जनजातिको छोरी भएकाले बोल्न नदिएको हो उनको भनाइ थियो।
“आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरू बोल्नुहुन्छ? ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त रु हिजो संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे। उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ,” उनले भनिन्, “संसद्मा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले? कि म पनि मगर, मतुवालीको छोरी भएर हो की? यो मेरो प्रश्न छ।”
देशमा अहिले सुशासन नभई कुशासन रहेको उपसभामुख रानाको दाबी छ।
“यो सुशासन हो की कुशासन रु बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की,” उनले भनिन्, “कृषिमा युवालाई बजेट जाँदैन। जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ। रातारात अर्गनाइजेसन खोलिन्छ। अनि कहाँ सुशासन छ। अनि कसरी युवा पलायन हुँदैनन्?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
