कपिलवस्तुमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ।

कपिलवस्तु– कृष्णनगर नगरपालिका–५ बगहीका दुई जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। 

रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। 

मंगलबार बेलुका घरदेखि निस्किएका उनीहरू नफर्किएपछि खोजी शुरू गरिएको थियो। खोजतलास गर्ने क्रममा बुधबार बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो। पानी जमेको पोखरीमा माटो निकाल्दा दाजुभाइको शव फेला परेको ओलीले बताए। 

तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।