हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
काठमाडौँ- यो साता लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ४१.०६ अंकले बढेर दुई हजार ६०.९१ बिन्दुमा पुगेको छ।
बुधबार २६५ कम्पनीको ५० लाख १० हजार ७१८ कित्ता शेयर ७७ हजार ५०१ पटक खरिदबिक्री भएको छ। यसक्रममा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ।
म्युचुअल फन्ड ०.०६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह ३४६.७४ र निर्जीवन बीमा समूह ३१०.५२ अंकले बढेको छ। बैंकिङ समूह १२.१९, विकास बैंक ९४.८५, वित्त ५८.६४, होटल तथा पर्यटन १८८.५ अंकले बढेको छ। त्यसैगरी, जलविद्युत् ६२.४१ र लगानी समूह १.२२ अंक, उत्पादन तथा प्रशोधन समूह ८५.८७, लघुवित्त ५२.२३, व्यापार १००.७६ र अन्य समूह ४४.२७ अंकले बढेको छ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको १५ करोड ५० लाख २६ हजार २०२ रुपैयाँ बराबरको दुई लाख ६६ हजार ८१८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
