त्रिभुवन आर्मीका लागि खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरेका थिए। तर ८८औँ मिनेटमा आई लिग क्लब दिल्ली एफसीका लागि गिरिक खोस्लाले गोल फर्काएका थिए।
काठमाडौँ- शुरूआती अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा भइरहेको डुरान्ड कपको पहिलो खेलमा बराबरीमा चित्त बुझाएको छ। आसामको कोक्राझारस्थित साई सेन्टर रंगशालामा बुधबार सम्पन्न समूह 'ई' को खेलमा आर्मीले भारतको आई लिग टोली दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको हो।
आर्मीका लागि दिनेश हेन्जनले खेलको ३९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। कप्तान नवयुग श्रेष्ठको क्रसलाई दिल्लीका कप्तान पवन कुमारले नियन्त्रणमा लिन सकेका थिएनन्। त्यही बललाई कमलबहादुर थापाले नियन्त्रणमा लिँदै मिलाइदिएको पासमा दिनेशले बललाई पोस्टको दिशा दिएका हुन्।
तर ८८औँ मिनेटमा दिल्ली खेलमा फर्कियो। दिल्लीका गिरिक खोस्लाले माथिल्लो बारमा ठोक्किएर आएको बललाई गोलमा परिणत गर्दै अंक खोसे।

डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ)को आयोजनामा हुने डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। अहिले डुरान्ड कपको १३२औँ संस्करण चलिरहेको छ। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो। बेंगलुरुले फाइनलमा मुम्बई एफसीलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा २७ वर्षपछि विदेशी टिमले भाग लिएका हुन्। नेपालबाट त्रिभुवन आर्मीसहित भुटान सर्भिस र बंगलादेश आर्मीले पनि सहभागिता जनाएका छन्। प्रतियोगितामा इन्डियन सुपर लिग (आईएसएल) र आई लिगका क्लबसहित २४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। आर्मीले पहिलो खेलबाट १ अंक जोडेको छ। दिल्लीको भने २ अंक भएको छ। पहिलो खेलमा दिल्ली आईएसएल क्लब हैदराबाद एफसीसँग १–१ को बराबरीमा रोकिएको थियो।
आर्मीले १४ अगस्टमा दोस्रो खेल चेन्नाइयिन एफसीसँग खेल्ने छ। यस्तै, अन्तिम खेल हैदराबादसँग २२ अगस्टमा खेल्ने छ। समूहका विजेता र उपविजेता नकआउट चरणमा पुग्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
