जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। १४० वर्षयता रेकर्ड गरिएको सबैभन्दा ठूलो वर्षापछि आएको बाढी र डुबानले व्यापक क्षति गरेको छ।
भारी वर्षापछि बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी पाँच जना उद्धारकर्मीसहित ३८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।
बेइजिङका उपमेयर जिया लिनमाओले पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिएका छन्। गत हप्ताको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूको ज्यान गएको हो।
जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। बेइजिङमा १४० वर्षअघि रेकर्ड शुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो।
वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्याएको छ। जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना छ।
मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ। २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ। ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ। वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ।
बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार सेवा उपलब्ध भएको सुनिश्चित गरेको छ। विपद्पछिको महामारी रोकथाम कार्य शुरू गर्न द्रूत कदम चालेको उपमेयर लिनमाओले बताए। “बेइजिङ शहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,” उनले भने।
उता, चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। सरकारी सञ्चारमाध्यम सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको जनाएको छ ।
प्रान्तीय राजधानी छेन्दुको दक्षिणपश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्यासित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको थियो। बाढीआउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
