प्रदर्शनीमा पौवा चित्रकला, मुरल, समसामायिक, मानवता, विश्व परिवेशलगायत विषयका चित्रकला राखिएका छन्। तीन दिन चल्ने प्रदर्शनीमा ५०० अवलोकनकर्ता आउने आयोजकको अनुमान छ।
काठमाडौँ– नेपाल सेन्टरको आयोजनामा ‘क्रसिङ कन्टिनेन्ट’ कला प्रदर्शनी बुधबारदेखि शुरू भएको छ। कमलपोखरीस्थित हुकुम दरबारमा शुरू प्रदर्शनीमा ६ देशका १२ कलाकारका कलाकृति राखिएको छ।
प्रदर्शनीमा पौवा चित्रकला, मुरल, समसामायिक, मानवता, विश्व परिवेशलगायत विषयका चित्रकला देख्न सकिन्छ। सबैभन्दा धेरै नेपाली कलाकारका कलाकृति राखिएको नेपाल सेन्टरका उपाध्यक्ष सुवास सिंह पराजुलीले जानकारी दिए। नेपाललगायत बंगलादेश, पोर्चुगल, अर्जेटिना, स्पेनलगायत देशका कलाकारका कलाकृति पनि राखिएका छन्।

प्रदर्शनीमा सहभागी सजिभ शाक्य २५ वर्षयता कला क्षेत्रमा आबद्ध छन्। उनी पौराणिक कलाकृति बनाउँछन्। विभिन्न देशका कलाकारसँग आफ्नो मौलिक कलाकृति प्रदर्शनी गर्न पाउँदा भिन्नै अनुभव भएको उनी बताउँछन्।
अर्का कलाकार लक्ष्मण श्रेष्ठ आफ्ना हरेक कृतिलाई आफ्नो जीवनमा गुज्रिएका अनुभवको अभिव्यक्ति भएको बताउँछन्। “अन्य मानिसले डायरी लेखे झैँ मेरो लागि मेरो दैनिकी, मेरो भावना, अनभुव नै मेरो यी कलाकृति हुन्,” श्रेष्ठ भन्छन्।

कलालाई व्यक्तिपिच्छे आफ्नै तरिकाले बुझ्नु पर्ने उनी बताउँछन्। प्रदर्शनीमा उनको ४ वटा कलाकृति राखिएका छन्।
तीन दिन चल्ने प्रदर्शनीमा ५०० अवलोकनकर्ता आउने अनुमान आयोजक नेपाल सेन्टरको छ। प्रदर्शनीमा रहेका कलाकृति बिक्री पनि गरिने उपाध्यक्ष पराजुलीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
