फाइनलको दुई दिनअघि शरीर जाँच र फोटोग्राफीका लागि भन्दै प्रतिस्पर्धीलाई कपडा खोल्न लगाइएको दाबी गरिएको छ। मिस युनिभर्सको फाइनल प्रतिस्पर्धा अगस्ट ३ मा भएको थियो।
इन्डोनेशियामा मिस युनिभर्स प्रतियोगिताका आयोजकले यौन उत्पीडन गरेको भन्दै कतिपय प्रतिस्पर्धीले प्रहरीमा उजुरी दर्ता गरेका छन्।
उजुरी दर्ता गर्नेमध्येकी एक प्रतिस्पर्धीकी वकिल मेलिसा अंग्गारेनीले बताएअनुसार फाइनलको दुई दिनअघि प्रतिस्पर्धीको शरीर जाँच र फोटोग्राफीका लागि भन्दै कपडा खोल्न भनिएको थियो। मिस युनिभर्सको फाइनल प्रतिस्पर्धा अगस्ट ३ मा आयोजना गरिएको थियो। आयोजकले प्रतिस्पर्धीहरूलाई उनीहरूको शरीरमा घाउ वा ट्याटु भए/नभएको जाँच्नुपर्ने बताएका थिए।
यो साताको शुरूमै उजुरी परेको थियो। उजुरी गर्नेमध्येकी एक युवतीले भनेकी छन्, "मलाई यो घटनाको मानसिक असर परेको छ। मलाई निद्रा लाग्दैन।"
यो समाचार प्रशारण गरेको इन्डोनेशियाको स्थानीय टीभी च्यानलले उजुरी गर्ने प्रतिस्पर्धी ती युवतीको अनुहार नचिनिने गरी मधुरो गरिदिएको बीबीसीले जनाएको छ। यस घटनामा मुद्दा लडिरहेकी वकिल अंग्गारेनीले तीन प्रतिस्पर्धीको प्रतिनिधित्व गरेर उजुरी दिएकी छन्।
उनका अनुसार अन्य कतिपय प्रतिस्पर्धी पनि उजुरी गर्ने तयारीमा छन्। उता, राजधानी जकार्तामा प्रहरीले विज्ञप्ति जारी गरेर यो मामलाको जाँच गर्ने जनाएको छ।
इन्डोनेशियामा मिस युनिभर्स आयोजना गर्ने संस्था 'द मिस युनिभर्स इन्डोनेशिया अर्गनाइजेसन'का मालिक पापी कापेलाले पनि यो आरोपबारे जाँच गर्ने बताएका छन्। विश्वस्तरमा मिस युनिभर्स गर्ने संस्थाले पनि यो घटनाको जाँच गर्ने जनाएको छ।
पूर्वमिस इन्डोनेशिया मारिया हरफान्ले भने शरीर जाँच सामान्य प्रक्रिया भएको बताएकी छन्। तर प्रतिस्पर्धीहरूलाई कपडा खोल्न लगाउनु सामान्य नभएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
