सिरियाको दक्षिणी प्रान्त दारामा राष्ट्रपति बसर अल–असदको शासनविरुद्ध विद्रोह चर्किरहेको छ। सोही स्थानमा बम विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।
सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा बुधबार राति एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ।
निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्यको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। उनीहरू दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा विस्फोटमा परेका थिए।
दारा राष्ट्रपति बसर अल–असदको शासनविरुद्ध विद्रोहमा खरो उत्रिएको स्थान हो। रुसको समर्थनमा युद्धविराम सम्झौता भएपछि उक्त प्रान्त दमास्कसको नियन्त्रणमा आएको थियो। यो प्रान्त वर्षौंदेखि हिंसाको चपेटामा परेको छ।
प्रेस स्वतन्त्रता समूह ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का अनुसार सन् २०११ मा गृहयुद्ध शुरू भएयता सिरियामा कम्तीमा २७९ पत्रकारको हत्या भएको छ। सिरिया द्वन्द्वले पाँच लाखभन्दा बढीको ज्यान लिइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
