रोनाल्डोको गोलमा अल–नासर फाइनलमा, उपाधिका लागि अल–हिलालसँग भिड्ने

सादियो मानेलाई फैसल जसिम नाफिल अल मानाले फउल गरेपछि नासरले पेनाल्टी पाएको थियो। ७५औँ मिनेटमा पाएको उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे। 

काठमाडौं– साउदी अरेबियन क्लब अल–नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ।

क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि नासरले इराकी च्याम्पियन अल–शोर्टालाई पराजित गरेको हो। 

साउदी अरेबियाको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा ७५औँ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे। 

सादियो मानेलाई फैसल जसिम नाफिल अल मानाले फउल गरेपछि नासरले पेनाल्टी पाएको थियो। नासरले अब उपाधिका लागि साउदी प्रतिद्वन्द्वी अल–हिलालसँग प्रतिस्पर्धा गर्नेछ। 

उपाधि भिडन्त शनिबार राति ११:४५ बजे किङ फाद स्डेडियम साउदी अरेबियामा हुनेछ।