बाढी र डुबानको समस्या बढ्दै गएपछि हुलाकी राजमार्ग सुरक्षित वासस्थान बन्न थालेको छ। राजमार्ग बस्तीभन्दा अग्लो भएकाले स्थानीय त्रिपालको टहरा बनाएर बस्न थालेका छन्।
सुदूरपश्चिम– कैलालीका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि दक्षिणपूर्वी क्षेत्रका करिब तीन हजार ४०० घरधुरी प्रभावित भएका छन्।
डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ।
डुबानले घरभित्र पानी पस्दा खाद्यान्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ। डुबानको जोखिम रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।
वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगंगा, कान्द्रा, शिवगंगा र काँडा नदीमा पानीको बहाव बढेको छ। बाढी र डुबानको समस्या बढ्दै गएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित वासस्थान बन्न थालेको छ।
दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो।
भइरहेको डुबानको जोखिमबाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेका छन्। “वर्षा हुनासाथ स्थानीयवासी त्रासमा बस्ने गरेका छन्,” स्थानीय शिवलाल चौधरीले भने, “नदीको बहाव बस्तीमा पस्ने खतरा देखिँदा स्थानीयवासी राजमार्गलाई आफ्नो सेल्टर बनाउन विवश भएका छन्।”
बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुंगा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ। डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिका कतिपय पुराना बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको सूचना अधिकारी जोशीले बताए।
नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडकसमेत कटान हुने गरेको छ। वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमबार रातिदेखि अवरुद्ध छ।
पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमन गर्ने यात्रु र मालवाहक यातायातका साधन बीच बाटोमै अलपत्र छन्।
यो राजमार्गको बूढीतोला खानीडाँडा सडकखण्ड भासिएको छ भने ठाउँ ठाउँमा पहिरो गएको छ। पहिरो पन्छाउने काम भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
