प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद् भंग गरेका हुन्।
पाकिस्तानको राष्ट्रियसभा भंग भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद् भंग गरेका हुन्।
कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि नै राष्ट्रियसभा भंग भएको हो। राष्ट्रियसभाको कार्यकाल अगस्ट १२ सम्म थियो।
यससँगै प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद् पनि भंग भएको समाचार संस्था डनले जनाएको छ। तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन हुने समाचारमा जनाइएको छ।
प्रधानमन्त्री सेहबाज सरिफले यसअघि नै राष्ट्रियसभा भंग गर्ने घोषणा गरेका थिए। बिहीबार प्रधानमन्त्री निवासमा आयोजना गरिएको रात्रिभोजमा सरिफले उक्त जानकारी गराएका थिए।
राष्ट्रियसभा समय अगावै विघटन भएकाले ९० दिनभित्र आम निर्वाचन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
