भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्यालीका क्रममा गोली हानी हत्या गरिएको छ।
इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ।
राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्यालीमा गोली हानी हत्या गरिएको हो।
उनको चुनावी प्रचार टोलीका एक सदस्यका अुनसार कारमा चढेका बेला ५९ वर्षीय भिल्लाभिसेन्सियोको टाउकोमा तीन गोली प्रहार गरिएको थियो।
यसैबीच उक्त घटनापछि राष्ट्रपति गुइलेर्मो लासोले देशभर ६० दिनका लागि संकटकाल घोषणा गरेका छन्। “राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रपति लासोले गरेको सम्बोधनमा भनिएको छ।
राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीबीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारमध्ये एक हुन्।
ल्याटिन अमेरिकामा अपेक्षाकृत सुरक्षित र स्थिर देशका रूपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा वृद्धि भएको छ। आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागुऔषध तस्करी बनेको छ।
भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो। त्यसक्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौ जना घाइते भएका छन्। क्विटोमा छापा मारेर हत्यामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भिल्लाभिसेन्सियोलाई लागुऔषध तस्करी गर्ने एक गिरोहले हालै ज्या नमार्ने धम्की दिएको थियो ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
