कांग्रेस सांसद सुनील शर्मा पक्राउ

सीआईबीको टोलीले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार अपराह्न पक्राउ गरेको हो।

सीआईबीले शर्मालाई पक्राउ गरेको प्रहरी उच्चस्रोतले पुष्टि गरेको छ। तर यसबारेमा सीआईबीले भने औपचारिक रूपमा जानकारी दिन चाहेन।

सांसद शर्मालाई गल्फुटारस्थित निवासबाट अपराह्न पौने ४ बजे सीआईबीको टोलीले पक्राउ गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले उकालोलाई बताए। पक्राउ गर्नुको कारण खुलिनसकेको उनको भनाइ छ।

शर्मा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पहिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय किलो सुन प्रकरणका विषयमा बोल्दै आएका थिए।