एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीबीच जातीय आधारमा आपसी विद्वेष र घृणा फैलिए देशको अस्तित्व समाप्त हुने बताए।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने टिप्पणी गरेका छन्।
बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले नेपालीका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए। उनले नेपालमा जातीय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए। उनले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताए। उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए।
अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए। पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाइ छ।
“सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा। विभेदका लागि पनि होइन। असमानताका लागि पनि होइन। र विद्वेषका लागि हुँदै होइन। पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन। मित्रता बढाउनका लागि हो। प्रेम फैलाउनका लागि हो,” उनले भने।
अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्मनिरपेक्ष बनाइएको बताए। उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरूको नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको उल्लेख गरे। उनले प्रदेशहरूको नामकरण साझा रूपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गए।
उनले अन्य देशका तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका बताए। उनले एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफूहरू सबैलाई अधिकार सम्पन्न बनाउने पक्षमा रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
