सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनील शर्मासहित विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत पाँच जना चिकित्सकलाई पक्राउ गरेको छ।
काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्। उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेका छन्।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ। अहिले पनि सीआईबीको अपरेसन जारी रहेको जनाइएको छ।
यसअघि बिहीबार दिउँसो सीआईबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो। शर्मा पक्राउ परेको विषयमा सीआईबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले बिहीबार अपरेसन चलाएको थियो। उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
