क्यानले मलेसियामा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ। क्यानले बिहीबार रुविना क्षेत्री बेलबासेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ साउनमा २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। उक्त टोलीमा रहेकी कृतिका मरासिनी, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्टि जैशी र स्नेहा महरा बाहिरिएका छन्।
टोलीमा कप्तान रुबिनासहित सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजल श्रेष्ठ,रुवी पोद्दर, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोलले स्थान बनाएका छन्।
प्रतियोगितामा ११ टिम सहभागी हुने छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन्।
समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। समूह चरणमा सबै टोलीले एकअर्कासँग १/१ खेल खेलेपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
त्यसबाट विजेता दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोली ग्लोबल छनोट पुग्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
