गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ। 

यसका साथै विहारको उत्तर–पश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।