कांग्रेस संसदीय दलको बैठक बस्दै, सदन खुलाउने विषयमा छलफल हुने

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्नेलगायत विषयमा छलफल हुनेछ। 

काठमाडौँ– कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ।

बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

लेखकका अनुसार बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुनेछ। 

यस्तै, बैठकपछि आगामी दिनमा संसद्‍मा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगी रोगको रोकथाम, लम्की स्किनको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारलगायत बारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए।

कांग्रेस सदनको अवरोध चाँडोभन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ छ। बैठकका अजेन्डाबारे छलफल गर्न बिहीबार संसदीय दल कार्यसमिति बैठक बसेको थियो।