रुसी सेना फिर्ता भएपछि मात्र वार्तामा बस्ने युक्रेनको अडान

गत हप्ता युक्रेन संकट समाधानका लागि पहल गर्न साउदी अरबको जेद्दाहमा ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधि भेला भएका थिए।

दिमित्रो कुलेबा।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो भूभागबाट रुसी सेना फिर्ता भएपछि मात्र शान्ति वार्ता शुरू हुनसक्ने बताएका छन्। 

बिहीबार इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीसँग कुरा गर्दै वार्ताको पहिलो सर्त नै रुसी सेना फिर्ता रहेको जनाएका हुन्। 

उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई तत्कालका लागि अस्वीकार गरे। 

कूटनीतिक तवरले नै द्वन्द्वको समाधान खोज्नुपर्ने र त्यसका लागि दुवै पक्ष लचिलो हुनुपर्ने उनको भनाइ छ। 

गत हप्ता युक्रेन संकट समाधानका लागि काम गर्न साउदी अरबको जेद्दाहमा ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधि भेला भएका थिए।