सुन तस्करी प्रकरण: थप २ चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको १०० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

शुक्रबार ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए।

उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।