ह्याम्स आँधीका कारण नर्वेमा जनजीवन अस्तव्यस्त, २ हजारभन्दा बढी नागरिक विस्थापित

आँधीका कारण ८८.२ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति नष्ट भएको छ।  बाढी र पहिरोले ११४ स्थानमा सडक बगाएको छ। 

ह्याम्स नामक आँधीपछि आएको बाढीले नर्वेको जनजीवन अस्तव्यस्त बनेको छ। 

राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा अवस्थित ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा आँधी आएको आँधीपछि आएको बाढीले चार हजारभन्दा बढी संरचना ध्वस्त पारेको छ।

ग्लोमामा पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा सारेको थियो। आँधी सोमबारदेखि शुक्रबारसम्म पनि जारी रहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

नर्वेजियन नेचर ड्यामेज पुल एन्ड फाइनान्सका अनुसार यस आँधीका कारण ८८.२ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति नष्ट भएको छ। बाढी र पहिरोले ११४ स्थानमा सडक बगाएको छ। 

नर्वेजियन सार्वजनिक सडक प्रशासनले बढी प्रभावित क्षेत्रमा आपत्कालीन टोली खटाएको छ। आँधीका कारण दुई हजार बढी नागरिक विस्थापित भएका छन्। 

नर्वेका न्यायमन्त्री एमिली एंगर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर परिचालन गरेको बताए।