सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएपछि सत्तापक्षका सांसद पनि उठेर विरोध गरेका थिए।
काठमाडौँ– सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।
बैठकको शुरूमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए।
सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएपछि सत्तापक्षका सांसद पनि उठेर विरोध गरेका थिए। सत्तापक्षका सांसदहरू उठेपछि एमालेका सांसदहरूले बेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरे।
त्यसपछि सभामुख घिमिरेले बैठक कार्यसूचीमा प्रवेश गर्न नसक्ने भन्दै स्थगित भएको जानकारी गराएका थिए।
अर्को बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
