ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको र यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने मन्त्री महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन्।
शुक्रबार दक्षिण एशियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढिसकेको बताएका हुन्।
“यसलाई अब कसैले रोक्न सक्दैन। सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दूरगामी अवधारणा हो,” उनले भने, “यसलाई कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ।”
ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको र यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने मन्त्री महतको भनाइ छ।
“नेपालमा धेरै ठूलो संख्यामा युवाहरू विदेशिन्छन्। महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ। त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरूले मात्र दिन सक्छन्,” उनले भने।
देशभरका लघु उद्यम व्यवसायमा महिलाहरूको सहभागिता अधिक रहेको मन्त्री महतको भनाइ थियो।
“घर–घरमा उत्पादन भएका विभिन्न सामाग्री व्यवसायीले निर्यात गरिरहेका छन्। अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ। डिजिटल संसारले एउटा अवसर पनि दिएको छ। महिला उद्यमीले उत्पादन गरेको वस्तु तथा प्रविधिलाई भरपुर उपयोग गरेर बजारीकरण गर्नुपर्छ।”
यसमा सरकारले भरपुर सहयोग गर्ने उनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
