एमाले सांसद रघुजी पन्तले सत्ता पक्षका सांसदले सदनमा प्रमुख प्रतिपक्षलाई बोल्नै नदिनु संसदीय मान्यता विपरीत भएको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसद्मा विरोध गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले संसद्मा शुक्रबार प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसद्मा पहिलो पटक देखेको पनि बताए। उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरीत भएको जिकिर गरे।
“आज संसद् चल्नै नदिने कुरामा योभन्दा अघि पनि र आज पनि त्यो अवस्था देखियो। योभन्दा अघि मैले यो दृश्य संसद्मा देखेको छैन। यो अत्यन्त दुःखलाग्दो र खेदजनक कुरा हो,” उनले भने।
संसद् शुरू हुनासाथ मुख्य प्रतिपक्ष दल एमाले सांसद ज्वाला साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए। सत्ता पक्षका सबै सांसदहरू उठेर सांसद साहले बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर संसदीय मान्यता विपरीत काम गरेको उनको भनाइ छ।
सांसद पन्तले सीआईबी र राजस्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो? भन्दै प्रश्न गरे।
“लम्पी स्किन, बाढी पहिरोको समस्या थियो, संसद्मा ध्यानाकर्षण गराउन चाहन्थ्यौँ। तर सत्ता पक्षले नै विरोध गरेको छ। राजस्वले छानबिन गरोस्, ठीक, सीआईबीले छानबिन गरोस् तर त्यसलाई असर नपर्ने गरी सुन काण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन राज्यलाई कसले रोकेको छ? सुन तस्करको नाइकेसम्म पुग्न सरकारलाई कसले रोक्यो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
