प्रहरीले काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– काठमाडौँ प्रहरीले नक्कली ५२ लाख ७५ हजार रुपैयाँसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति र बरामद भएको रकम शुक्रबार दिउँसो परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो।
प्रहरीले नागढुंगा चेक प्वाइन्टमा लुम्बिनीबाट काठमाडौँ आइरहेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट रहेको पर्यटक बस चेकजाँच गर्ने क्रममा चाउचाउको कार्टुनमा लुकाएर ल्याइएको एक हजार दरका ३ हजार ५७३ थान नोट (३५ लाख ७३ हजार) बरामद गरेको थियो।
चालक र सहचालकलाई सोधपुछ गर्ने क्रममा अचार काठमाडौँ लगिदिन भन्दै पठाएको बयान दिएका थिए। उक्त सामान पठाउने व्यक्तिले काठमाडौँ बसपार्कमा सामान लिन मानिस आउने जानकारी गराएका थिए।
सोहीअनुसार प्रहरीले चालक र सहचालकलाई साथमा लिएर खोजी गर्ने क्रममा गोंगबु बसपार्क र भक्तपुर बुढाथोकीमा थप १ हजार ७०२ थान नोट (१७ लाख २ हजार) बरामद भएको थियो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफी गाउँपालिका ७ का अर्जुन सुवेदी, सिन्धुपाल्चोककै सुशील कार्की, सिन्धुपाल्चोककै शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन्।
परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार पक्राउ परेकाहरूको साथबाट कम्प्युटर, मनिटर, पेपर कटर मेसिन, कलर प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गरिने अन्य सामानसहित मोटरसाइकल, स्कुटर, मोबाइल लगायतका सामान पनि बरामद भएको छ।
एसपी ढुंगेलले पक्राउ परेका व्यक्तिविरुद्ध अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको बताए। खोटा मुद्रा बनाउन नहुने कानूनमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
