प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्ने तयारी गरिरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि सच्याउन लागेको बताएका छन्।
शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषद्बाट पारित भएको भेटिएपछि त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्न तयारी गरिरहेको बताएका हुन्।
“संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रूप दिइँदै छ र मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेसन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया शुरू भएको छ,” उनले भने।
उनले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्न सरकार लागिपरेको बताए। उनले नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको उल्लेख गरे।
“अहिले हामी एउटा नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौँ। सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो कि भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन। स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान छ,” उनले भने।
प्रधानमन्त्री दाहालले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
