कांग्रेस सांसद श्याम घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनील शर्मालाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन्।
शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन्।
“संसद् चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो? यसका लागि कानूनी अन्य बाटो हुन सक्थे, बयान हुन सक्थ्यो। अरू बाटो हुन सक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो। यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ,” उनले भने।
सांसद घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए।
सांसद शर्मालाई बिहीबार उनको निवास गोल्फुटारबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। उनको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको भन्नै उजुरीका आधारमा पक्राउ गरेको सीआईबीको भनाइ छ। नक्कली प्रमाणपत्र प्रकरणमा १५ जनालाई पक्राउ गर्ने तयारी गरिएको सीआईबीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
