कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल नेकपा एमालेले आवेगमा सदन अवरुद्ध पारेको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल नेकपा एमालेले आवेगमा सदन अवरुद्ध पारेको टिप्पणी गरेका छन्। शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले प्रतिपक्षी दल नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे अवरुद्ध संसद् सुचारु हुने बताए।
संसद्मा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको उनको भनाइ थियो। “राजनीतिको मञ्चमा पनि विवेकलाई नै केन्द्रमा राखेर आवेगलाई अलिकति निषेध गरिदिने हो भने यो देशको संसद् भोलि नै सुचारु हुन्छ। संसद्मा हामी राम्रोसँग बहस गर्न तयार छौँ। प्रतिपक्षले उठाएको गम्भीर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गर्छ,” उनले भने।
उनले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर प्रतिरक्षा मात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताए। नेपाली समाजमा हित र अहितलाई बुझ्ने विवेक भए पनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ थियो। उनले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताए।
“अहिले कांग्रेस र एमाले गठबन्धनमा छैनौँ। गठबन्धन भयो भने केपी कमरेडका सारा कुराहरू राम्रा देख्न थाल्ने र गठबन्धनमा छैनौँ भने सारा कुरा नराम्रो देख्ने हुन्छ। तर हरेक कुरालाई वस्तुगत भएर हेर्यो भने सबै कुरा सकारात्मक हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
