कांग्रेस सांसद डा. सुनील शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको दाबी गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले ३० वर्ष पुरानो फाइल खोलेर आफूलाई पक्राउ गरिएको बताएका हुन्। उनले सुन तस्करका संरक्षक स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत रहेको दाबी गरे।
“सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजीनामा दिनुपर्छ। मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ। राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो। यो ३० वर्ष पुरानो फाइल खोलेर मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो,” उनले भने। उनले आफूले आईएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने दाबी गरे।
उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा पक्राउ गरिएको जिकिर गरे। उनले शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हतकडी लगाएर गुन तिरेको टिप्पणी गरे। उनले कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोड्नुपर्ने बताए।
“प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ। मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ। उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ। माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ,” उनले भने। सांसद शर्माले आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने बताए।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो। सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीले बिहीबार पक्राउ गरेको थियो। सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
