काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएसँगै कपनस्थित खहरे खोलामा डोजर चलेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका-७ र बुढानीलकण्ठ नगरपालिका-१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ।
बुढानीलकण्ठ-१० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे खोला खुला गर्न काठमाडौँ महानगरले ल्याएको डोजर चलाउने सहमति गरिएको जानकारी दिए। उनले बिहीबार महानगरले कुनै सहमति तथा समन्वय नगरी आफ्नै हिसाबमा डोजर चलाउन शुरू गरेकोमा बुढानीलकण्ठ नगरपालिकाले असहमति (विरोध) गरेको स्पष्ट पारे।
बिहीबार बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकिएको थिएन। शुक्रबार नापी कार्यालय चावहिलमा भएको सहमतिमा काठमाडौँ महानगरपालिका-६ र ७ का वडाध्यक्षद्वव बिमल होडा र भुवन लामा तथा बुढानीलकण्ठ–१० र १२ अध्यक्ष नवराज भट्टराई र शम्भुप्रसाद भट्टराईबीच दुवैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुटाई बाँकी जग्गा खहरे रेखांकन गरी छुटाउने सहमति भएको हो।
काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले नापजाँचबाट सीमा यकिन गरी खहरेभाग छुटाएपछि दीर्घकालीन समस्या समाधानको योजना बनाई खहरे तथा बाटो व्यवस्थापन गर्न वडाध्यक्षको लिखित सहमतिमा दोस्रो चरणको काम शुरू गर्ने योजनासमेत बनाएको बताए।

बुढानीलकण्ठ नगरपालिका–१० र १२ तथा काठमाडौँ महानगरपालिका–६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्न नापी कार्यालय चाबहिलमा पुग्नु भएका महानगरको वडा नं ६ र ७ का वडा अध्यक्ष र बुढानीलकण्ठको १० र १२ का वडा अध्यक्षबीच तीनबुँदे सहमति भएको हो।
सहमतिको पहिलो बुँदामा धोबीखोलादेखि साततल्लेसम्मको बुनपा १० र कामनपा ७ को सीमा भागमा नापजाँच भई वाल लगाई सकिएकाले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ‘ह्युम पाइप’ निकालिने छ भने आवागमन हुने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोकजस्ताको तस्तै राख्ने वा आवश्यकताअनुसार महानगरले बेलिब्रीज (पुल निर्माण) गरिने उल्लेख छ ।
दोस्रो बुँदामा साततल्ले चोकदेखि माथि बुनपा १०, १२ र कामनपा–६ मा दुवैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुटाई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खहरे भाग रेखांकन गरी छुटाउने सहमति भएको छ।
साथै तेस्रो बुँदामा नापजाँचबाट सीमा यकिन गरी खहरे भागसमेत छुटाएपछि, दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षको लिखित सहमतिमा दोस्रो चरणको काम सुरु गर्ने सहमति पत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
