सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि यातायात बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।
म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडकखण्ड) पाँच दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम शुरू भएकाले सडक बन्द गर्न लागिएको हो।
उक्त सडकमा ढुंगा खस्ने समस्याको स्थायी निराकरणका लागि आइतबारदेखि ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा यातायात बन्द गर्न लागिएको जानकारी दिए।
कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधानले सो समयमा चमेरे–राखु–पिप्लेबेगखोला सडकखण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।
बैसरीको पहिरोले गत आइतबारदेखि सडक अवरुद्ध हुँदा रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ। बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको जिप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक घाइते भएका थिए।
पहिरोले पुरेको जिप अझै निकालिएको छैन। जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर बेनी–जोमसोम सडकको पहिरोबाट बढी प्रभावित राहुघाट–भुरुङ तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गरेको थियो।
“सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारी साधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ,” बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, “पहिरो शुरू हुने स्थानबाटै दीर्घकालीन समाधानको काम गर्दैछौँ।”
कच्ची र साँघुरो वैकल्पिक सडकमा बेगखोलाबाट घुमाउनेतालतर्फ र घुमाउनेतालबाट बेगखोलातर्फ जाने आउने सवारी साधनलाई सुरक्षाकर्मीको समन्वयमा आलोपालो गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
डोजर, ब्याकुहोलोडर, ट्र्याक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युम पाइप राख्ने काम शुरू भएको कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए।
हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउने काम थालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
