चार्लोटलाई हराउँदै मियामी सेमिफाइनलमा, मेस्सीको १ गोल


शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले चार्लोट एफसीलाई ४–० गोलअन्तरले पराजित गरेको छ। 

काठमाडौँ– इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले चार्लोट एफसीलाई ४–० गोलअन्तरले पराजित गरेको हो। 

फ्लोरिडास्थित डीआरभी पीएनके स्टेडियममा मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गरे। १ गोल उपहार पाएको थियो।

यसै सिजन मियामीमा आबद्ध भएका मेस्सीले आफ्नो उत्कृष्ट लय कायम राखेका छन्।

उनले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट गरेका छन्।