झलनाथ खनालले आफ्नो पार्टीनिकट खेलकुद महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे एकीकृत समाजवादी सरकारमा बसिरहन जरुरी नभएको बताएका छन्।
काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टीनिकट खेलकुद महासंघलाई किन समावेश नगरेको? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नसमेत गरे।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन। किन नगरिएको हो? म सरकारसँग प्रश्न गर्न चाहन्छु। यदि हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्यो। होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु।”
सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्ने गरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आबद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
“सबै खेलाडीहरू उत्साह र उमंगका साथ यो क्षेत्रमा लाग्नूस्। र, आफ्नो संगठनलाई बिस्तार गर्नूस्। जनतालाई व्यापक रूपले गोलबन्द गर्नूस्। खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ,” उनले भने।
त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीलाई उत्साहसाथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
