कांग्रेसले मोरङ–३ (१) मा मानबहादुरलाई उम्मेदवार बनाउने

यसअघिका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भए पछि कांग्रेसले महासमिति सदस्य मानबहादुर लिम्बूलाई मोरङ–३(१) काे उम्मेदवार बनाउने भएकाे छ।

मोरङ– कांग्रेसले मोरङ–३(१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीका महासमिति सदस्य लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले बताए। निर्वाचन आयोगले कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १ बजेसम्म समय दिएको छ।

यसअघिका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो । लिम्बू नेविसंघका मोरङका पूर्वअध्यक्ष हुन्।