वरिष्ठ पत्रकार भैरव रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए। मानिसहरू जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौँ– वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको पुस्तक ‘भैरव दाइ’को लोकार्पण गरिएको छ। शनिबार काठमाडौँमा रिसालको ९६औँ जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो।
पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्नँ म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए। मानिसहरू जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने उनको भनाइ छ। “यो जिन्दगी कर्कलाको पातको पानी रहेछ, कहिले राम्रो देखिन्छ, कहिले झर्छ। मान्छेहरू बाँचुन्जेलसम्म राम्रो कर्म गर्नुपर्छ,” उनले भने।
उनले पुस्तकमा जीवनका भोगाइहरू साटेको उल्लेख गरे। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
