अल–नासरको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले ७४औँ र ९८औँ मिनेटमा गोल गरेका थिए।
काठमाडौँ– अरब क्लब च्याम्पियन्स कप–२०२३ को उपाधि साउदी अरब क्लब अल–नासरले जितेको छ।
शनिबार राति भएको फाइनलमा साउदीकै अल–हिलाललाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै अल–नासर च्याम्पियन बनेको हो।

नासरको जितमा दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे। साउदी अरबको किङ फाद स्टेडियममा भएको खेलमा अग्रता भने हिलालले लिएको थियो। हिलालका माइकलले ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
७१औँ मिनेटमा अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै बाहिरिएपछि नासल थप दबाबमा पर्यो। १० खेलाडीमा समेटिएको नासरका लागि रोनाल्डोले ७४औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत गरे।
७८औँ मिनेटमा नासरका नवाफ बोउसेल पनि रातो कार्ड खाँदै बाहिरिए। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो।
९८औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नासरलाई च्याम्पियन बनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
