देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र मधेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। 

यसका साथै नेपालमा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ। जसको प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पनि देशभर पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र मधेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। 

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। सुदूरपश्चिमको एक–दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

पहिरोको जोखिम बढी भएका तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।