यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा ३५० घरटहरा भत्काइसकिएको छ। जसको मुआब्जा २६ करोड रुपैयाँ निर्धारण भएको छ।
दमौली– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ। मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो।
यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। “हालै दमौली बजारको घरटहराको क्षतिपूर्ति र मुआब्जा निर्धारण भयो। अब धमाधम काम अगाडि बढ्छ,” उनले भने।
दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ। यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा हालसम्म ३५० घरटहरा भत्काइसकिएको छ। घरटहरा भत्काउँदा २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको उनले बताए।
व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ।
आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा आठ प्रतिशत प्रगति भएको छ। यो खण्डमा काम सुस्त छ।
पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम शुरू भइसकेको छ। पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि काम शुरू भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म छ। सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
