एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरण बाहिर आइसकेपछि गृहमन्त्रीले नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा सदनमा आएर बोलेको भन्दै असन्तुष्टि जनाए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी प्रकरण छिचरो बहसको विषयको नभएको बताएका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरणलाई सबै राजनीतिक दल गम्भीर सोच्नुपर्ने र जनताले स्पष्ट दृष्टिकोण लिनुपर्ने बेला भएको बताए। “यो छिचरो बहसको विषय होइन। म साथीहरूलाई भन्न चाहन्छु गम्भीर भएर सोच्न पर्ने र नेपाली जनताले स्पष्ट दृष्टिकोण लिनुपर्ने समय हो यो,” उनले भने।
उनले सुन तस्करी प्रकरण बाहिर आइसकेपछि गृहमन्त्रीले नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा संसद्मा आएर बोलेको भन्दै असन्तुष्टि जनाए। उनले राजीनामाबाहेक संसद्को रोस्टममा उभिनु अनौठो कुरा भएको उल्लेख गरे। “गृहमन्त्रीले त खासमा रोस्टममा उभिन जानु आफैँ राजीनामा गर्नबाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो। यत्रो असफलता भएको छ,” उनले भने, “चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर राख्यो चोरी हुन्छ कस्तो हो त्यो? गृहमन्त्रीको जबाफदेही होइन त्यो? क्विन्टलका क्विटल सुन एउटा मात्रै माध्यमबाट एउटा कम्पनीले ल्याएको छ।”
सुन प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग नेपाली नागरिकता रहेको बारेमा पनि प्रश्न उठाए। यस्ता मानिसलाई नागरिकता कसको सिफारिसमा कसले दियो? आज त्यो नागरिकतासम्बन्धी त्यति बेलाको प्रतिवेदन कहाँ छ? त्यो गायब गरिएको छ। तार काट्ने क्यामेराको मुन्टो अर्को तर्फ फर्काउने घाँटी मर्काउने कस्तो सरकार हो। अनि ठूला कुरा गर्ने देशको माया छैन । त्यही कुरा दुईचार जना स्वार्थी तत्त्वहरूका कुराका पछाडि समूह बन्दी गरेर लाग्ने कस्तो दुखद स्थिति हो देशको । देशको तिथि विधिबाट कसरी अगाडि बढाउन सक्छौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
