मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
काठमाडौँ– धनुषास्थित मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले छापा मारेको हो।
नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी दर्ता गराइएको छ। वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमका लागि छुट्ट्याइएको चार लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठ नागरिकले बताएको सो निवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सीपमूलक तालिमका लागि चार लाखको बजेटमा ३ लाख ९८ हजार ३२५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९२१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी मर्मतका लागि साढे चार लाखको बिल भरपाई पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै, वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्ट्याइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूका सिकाइ उपलब्धिका लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ।
यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीको लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्ट्याइएको १० लाख मा ९ लाख ६६ हजार ७५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ।
पेस गरिएको सो निवेदनमा दुवै आधारभूत विद्यालयले यस विद्यालयमा कुनै पोसाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
