आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आमजनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुनुपर्ने बताएका छन्।
भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको बताएका हुन्। “मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ,” उनले भने।
आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतको भनाइ थियो। “मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ,” उनले भने, “राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ। यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन।” कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्ने मन्त्री डा. महतको भनाइ छ।
प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे। वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, “त्यहाँ ठूलो एक्स–रे मेसिन प्रयोग नगरी वर्षौं त्यत्तिकै थन्काइए राखिएको छ। त्यसको प्रयोग भयो भने हाम्रो के काम? भन्ने कुरा कर्मचारीबाट सुनियो। अब त्यसरी हुँदैन। अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ।”
इमानदार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री महतले बताए। यद्यपि लक्ष्यमा पुग्नै पर्ने भनेर आयातकर्ता र करदातालाई जथाभाबी दुःख दिएर काम गर्न नहुने उनको भनाइ थियो। “कानूनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ,” उनले भने।
गत वर्ष ६० प्रतिशत भन्सार राजस्व उठेको, साउनमा लक्ष्यको ८० प्रतिशत पुगेको उल्लेख गर्दै इमानदार भएर काम गरिए सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए। अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ। “जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यावसायिकता, सम्मान र समर्पित हुनुपर्छ। कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
