आइतबार सबैभन्दा धेरै निर्जीवन बीमा समूह २४१.५७ र होटल तथा पर्यटन समूह १०७.५० अंकले बढेका छन्।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा कायम भएको हो।
आइतबार २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता शेयर ९५ हजार ९६५ पटक खरिदबिक्री हुँदा तीन अर्ब एक करोड ८४ लाख ६० हजार ५१२ बराबरको कारोबार भएको छ।
वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त र अन्य समूहका उपसूचक क्रमशः १.३०, १०.३४, १३.५५ र ०.१८ अंकले घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूह २४१.५७ र होटल तथा पर्यटन समूह १०७.५० अंकले बढेका छन्।
त्यस्तै, बैंकिङ १३.६१, विकास बैंक २१.३०, जलविद्युत् १८.५१, लगानी ०.३०, जीवन बीमा ५८.१३ र व्यापार समूह ०.०८ अंकले बढेका छन्। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने घोराही सिमेन्ट इन्ड्रस्टी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर ५८ करोड ४५ लाख ६१ हजार ४०० बराबरको १९ लाख ४८ हजार ५३८ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
